वैदेशिक रोजगार व्यवसायी महासंघमा विवाद कायमै

चैत्र २७,काठमाडौं–वैदेशिक रोजगार व्यवसायी महासंघको लामो समयदेखि जारी विवाद अझै अन्त्य भएको छैन । राजनीतिक दल निकटका वैदेशिक रोजगार व्यवसायी संघको राजनीतिक टकरावका कारणल मेनपावर व्यवसायी ‘सााढेको जुझाई, बाच्छाको मिचाई’मा परेका छन् ।
वैदेशिक रोजगार व्यवसायी महासंघ स्थापना भएदेखि नै विवादमुक्त बन्न सकेको छैन । पछिल्लोपटक हंसराज वाग्ले र बलबहादुर तामाङबीचको हानाथापले गर्दा व्यावसायी अन्योलमा परेका छन् । वाग्ले नेतृत्वको वैदेशिक रोजगार व्यवसायी महासंघले आफुलाई बैधानिक भन्दै आएको छ । जसले आजका लागि सुचना प्रकाशित गरेर भेला बोलाएको छ । तर त्यसलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचले भने सो भेलालाई अबैध भनेको छ ।
वैदेशिक रोजगार व्यवसायी महासंघको विवाद अदालतमा विचाराधिन भएकाले विहिवारको भेलालाई नव वर्षको शुभकामना तथा सम्मान कार्यक्रमको नाम दिएको छ । तर भित्री रुपमा सबै व्यवसायीलाई भेला भनेर निम्त्याइएको छ । महासंघले विहिवारको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री टेकबहादुर गुरुङ र सभासदद्धय महेन्द्र शेरचन र कमला शर्मालाई विषेश अतिथि बनाएको छ ।
यता प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचले भने व्यवसायीलाई भ्ममा नपर्न आग्रह गरेको छ । बुधवार संघका अध्यक्ष वाग्ले र मंचका अध्यक्ष टंकबहादुर राउतबीच भएको छलफलमा वाग्लेले जसरी पनि निर्वाचन गराउने अडान लिएका थिए तर राउतले भने व्यवसायीहरुको हक हितका लागि मिलेर जानुपर्ने बताएका थिए ।
वाग्ले नेपाली कांग्रेस निकट वैदेशिक रोजगार (लोकतान्त्रिक फोरम) का अध्यक्ष हुन् । तर उनी फोरमभित्रै अल्पमतमा छन् । अध्यक्षका आकांक्षी धेरै भएका कारण फोरमभित्रका व्यवसायीबीच वाग्ले आलोचित बन्दै आएका छन् । उनले व्यावसायीको पक्षमा काम गर्न नसकेको आरोप वैदेशिक रोजगार (लोकतान्त्रिक फोरम) का पदाधिकारीले नै लगाउादै आएका छन् ।
वैदेशिक रोजगार व्यवसायी महासंघभित्रको विवाद अन्त्यका लागि मंचले प्रयास पनि गरेको थियो तर संघका अध्यक्ष वाग्लेले जसरी पनि निर्वाचन गराउने अडान लिएपछि झन समस्या सिर्जना गरेको छ । मंचका अध्यक्ष राउत भन्छन्, ‘आज (बुधबार) को भेटमा धरै नाटक गरेर व्यवसायीको हित हुादैन, त्यसका लागि भएको विवाद अन्त्य गरेर नयाा कमिटि बनाएर जाउा भनेको छु ।’ सर्वाेच्चको फैसला नहुन्जेल महासंघले अनाधिकृत रुपमा निर्वाचनको कार्य तालिका सार्वजनिक गर्नु गलत भएको राउत बताउाछन् ।
समग्र वैदेशिक रोजगार व्यवसायीको हक हितका लागि गठित संघमा राजनीतिक खेल नरोकिएपछि व्यवसायी पनि आक्रोसित बन्न थालेका छन् । कतिपय व्यवसायीले राजनीतिक खेलमा लागेर व्यवसायलाई धरापमा पार्न थालेको बताएका छन् । उनीहरुले गुटगत भेला रोक्न आग्रह पनि गरेका छन् । विहिवार गरिने भेलामा उनीहरुले असन्तुष्टि राख्ने योजना बताएको एक व्यवसायीले जनसवाललाई बताए । ती व्यवसायीका अनुसार संघमा व्यवसायीको हितभन्दा पनि राजनीतिक चलखेल धेरै भएकाले त्यसलाई रोक्न जरुरी भएको बताए ।
२०४९ सालमा स्थापित संघमा १० जना अध्यक्ष बनिसक्दा पनि वैदेशिक रोजगार महासंघ विवादमुक्त रहन सकेको छैन । महमसंघ स्थापना हुादा महेन्द्र शेरचन अध्यक्ष बनेका थिए । उनी वाग्ले नेतृत्वले गर्ने कार्यक्रममा विषेश अथिति बनाइएका छन् ।
गोपाल वराईली