चैत्र २७, नुवाकोट–नुवाकोटको सुनखानी गााउ विकास समितिको वडा नम्बर ६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएकोछ । वडा नम्बर ६ का ८ वर्षीय बालक प्रविण पाण्डे लिखु खोलामा पौडी खेल्ने क्रममा मंगलवार सााझ मृत्यु भएको हो । अन्य दुई जनासाथीहरुसंग पौडी खेल्न गएको समयमा खोलाको ‘रह’मा डुब्दा पाण्डेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीचौकी छहरेका प्रहरी सहायक निरीक्षक मुक्तिनारायण चौधरीले जानकारी दिनुभएको छ । मंगलवार नै बालको मृत्यु भएपनि प्रहरी चौकी छहरेबाट गएको प्रहरीले रातभर शव कुरेर विहिवार मात्र कारबाही प्रक्रिया अगाडी बढाएको उहााले बताउनुभएको छ । खोलामा डुबेर ज्यान गुमाउने बालक काठमाडौमा कक्षा तीनमा अध्ययनरत रहेको र अहिले परीक्षा दिएर बिदाको समयमा घरमा आएका थिए । नदीमा डुबेर ज्यान गुमाउने बालकका बुबा युवराज पाण्डे कारगारमा बन्दी जीवन बिताउदै आएका छन् । बालकको शव पोष्टमार्टमको लागि आज अपरान्ह जिल्ला अस्पताल त्रिशुलीमा ल्याइएको प्रहरी सहायक निरीक्षक चौधरीले जानकारी दिनुभएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक