जन आन्दोलन दिवश मनाईदै

jan aandolan11111111चैत २६, काठमाण्डा–आज जन आन्दोलन दिवश । नेपाली जनताको अपूर्व सहभागितामा सम्पन्न भएको २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनले प्रजातन्त्रको पुनर्वहाली गरेको ऐतिहासिक दिन । जनआन्दोलन दिवशको सम्झनामा आज विभिन्न दलहरुले कार्यक्रमको आयोजना गरेका छन् । यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले जनआन्दोलन दिवस २०७० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री कोइरालाले यस अवसरमा नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्थापनाको लडाईमा जीवन गुमाउने सम्पूर्ण नेपाली सपूतहरुप्रति श्रद्धासुमन अर्पण गर्दै २०४६ सालको जनआन्दोलन सहित हालसम्मका प्रजातान्त्रिक आन्दोलनहरुमा घाइते हुनुभएका सम्पूर्ण योद्धाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गनु भएको छ । सन्देशमा कोइरााले गत मंसीर ४ मा सम्पन्न संविधानसभाको निर्वाचन पछि संविधान लेखनको प्रारम्भिक चरणमा प्रवेश गरेको उल्ल्ेख गर्दै हालसम्मका प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त हक अधिकारलाई नयाा संविधानमा लिपीबद्ध गरिने विश्वास दिलाउनु भएको छव । नेपाली जनताको झण्डै ७ दशक लामो संघर्ष र बलिदानले प्राप्त जनताका मौलिक अधिकार सहित गणतन्त्र र संघीयता जस्ता उपलब्धीलाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी देश विकासको गति तीब्र बनाएर मुलुकलाई समृद्ध र जनतालाई सुखी र सम्पन्न बनाउन वर्तमान सरकार दृढ रहेको कोइरालाले बताउनु भएको छ ।