महासंघमा सबै प्रकारका व्यवसायीको प्रतिनिधित्व हुनुपर्छ

gopal photoगोपाल खनाल, केन्द्रिय सदस्यका उम्मेदवार
नेपाल उद्योग वाणिज्य माहासंघको निर्वाचन आउदो शनिवार राजधानीमा हुदैछ । यसपटकको चुनावमा अध्यक्षका प्रत्यासी भाष्करराज कर्णिकार र प्रदीपजङ्ग पाण्डेले आफ्नो प्यानल खडा गरेका छन् । त्यसमध्ये कर्णिकार प्यानलबाट केन्द्रिय सदस्यमा गोपाल खनालले उम्मेदवारी दिएका छन् । खनाल मेघा कलेजमा कार्यकारी निर्देशक छन् भने मेघा बैंकको सञ्चालक पनि हुन् । एशिया पब्लिकेसनका अध्यक्षसमेत रहेका खनाल नेपाल उद्योग बाणिज्य माहासंघको बैंकिङ समितिमा रहेर आफ्नो कार्यकुशलता प्रस्तुत गरिसकेका छन् । प्रस्तुत छ, केन्द्रिय सदस्यका उमेदवार खनालसाग गरिएको कुराकानी :
महासंघको केन्द्रिय सदस्यमा तपाईलेको उम्मेदवारी केका लागि हो ?
मैले तीन वर्षदेखि त्यही संगठनमा बसेर काम गरो । मैले त्यहाा बसेर काम गर्दाको अनुभवलाई शेयर गर्न र अहिलेको उद्योग बाणिज्य महासंघको इज्जत, मर्यादा, प्रतिष्ठा र उद्योगी व्यवसायीहरूको हक हितका लागि अझै धेरै गर्न बााकी छ, त्यसलाई पूरा गर्नु छ । अर्को कुरा महासंघमा युवाहरूको पनि खााचो छ । आगामी दिनमा महासंघको कार्यलाई ठूल्ठूला व्यवसायीदेखि रिक्सा चालकसम्मको पहुाच पुर्‍याउन मैले उम्मेदवारी दिएको हुा ।
अनि तपाईले पहिला उद्योग व्यावसायको क्षेत्रमा के योगदान पुर्‍याउनु भयो र अव यि काम गर्नुहुन्छ भनेर विश्वास गर्ने ?
मैले पहिला के गरे र के गरिन भन्दा पनि अब के गर्नु सक्छु भन्ने कुरा मुख्य हो । यस अघि बैंकिङ समितिमा रहेर पनि उद्योगी व्यवसायीहरूको हक हित र संरक्षणका लागि मैले पुर्‍याएको योगदान सबै उद्योगी व्यवसायीहरूलाई थाहा छ । अर्काे कुरा म गफ भन्दा काममा ध्यान दिने भएकाले पनि मैले यदि निर्वाचन जितेपछि इमान्दारीताका साथ काम गर्ने छु ।
तपाईको चुनावी एजेण्डा चााही के हो नि ?
महासंघले उठाउने आर्थिक एजेण्डालाई कहाा र कसरी फेस गर्ने हो ? त्यसलाई कडाईका साथ कार्यान्वयन गर्ने दायीत्व हाम्रो हो । म शिक्षा र बैंकिङ क्षेत्रमा काम गरिरहेको छु । अहिलेसम्म शिक्षा क्षेत्रमा नीजि क्षेत्रले झण्डै ३५ प्रतिशत लगानी गरेको छ । तर पनि राज्यले नीजि क्षेत्रलाई त्यति सम्मान गरेको छैन । शिक्षा क्षेत्रको विकासका लागि जसरी लगानी गरेको छ, त्यसरी राज्यले गर्ने हो भने शिक्षा क्षेत्रलाई पनि उद्योग कै रूपमा विकास गर्न सकिन्छ । यो एउटा उदाहरण मात्र हो । अहिले नीजि क्षेत्रले राज्यको निर्माणमा जे जति लगानी गरेको छ, त्यसैको आधारमा शिक्षाको स्तर माथी उठेको छ । अर्कोकुरा, अहिले लाखौा युवा विदेसिन बाध्य भएका छन् । उनीहरूलाई नेपालमै रोजगारी दिलाउन सके नेपालको अर्थतन्त्र बलियो बन्दै जान्थ्यो । त्यसकारण पनि रोजगारमुलक नीति बनाउन जरूरी छ ।
त्यसका लागि तपाईको योजना के छ ?
त्यसका लागि युवा वर्ग नेतृत्वमा आउनुपर्छ । तर युवा नेतृत्व आउने बित्तिकै महासंघको नीति र राज्यको नीतिसाग मेल खान्छ भन्ने होइन । तर राज्यको नीति युवा लक्षित हुनुपर्छ भनेर टक्कर गर्न सक्नुपर्छ । पहिलो कुरा लगानीकर्ताले सही ठाउामा लगानी गर्नुपर्छ र लक्षित वर्गले उपलब्धी पनि हासिल गर्न सक्नुपर्छ । त्यसकारण जसरी अहिले युवाहरू लाखौाको संख्यामा पलायन भइरहेका छन्, त्यसलाई रोक्न नीति नै बनाउनुपर्छ । त्यसका लागि दबाब दिनु जरूरी छ । म त्यसका लागि जस्तोसुकै प्रयत्न गर्न पनि तयार छु ।
नीजि क्षेत्रले पनि अहिलेसम्म युवा केन्द्रित रोजगार दिन सकेको देखिादैन नि ?
नेपालमा उद्योग र मजदुरहरूबीच समन्वय हुन सकेन । जस्तो मजदुरको माग एउटा हुन्छ भने व्यवसायीको माग अर्काे हुन्छ । व्यवसायीले उद्योग चल्यो भने त मजदुरलाई समयमा तलव खुवाउन सकिन्छ भन्ने गर्छन् । त्यसले पनि समस्या पैदा गरिरहेको छ । त्यो कारणले पनि नेपालमा थप उद्योगहरू खुल्न सकेका छैनन् । त्यसको मारमा युवा शक्ति परेका छन् । तर अब त्यसरी हुादैन । मजदुर र उद्योगीबचिको त्यो खाडल पुर्न सक्नुपर्छ ।
महासंघ स्थापनापछि अहिले पनि विवादरहित बन्न सकेन नि ?
त्यो दुर्भाग्यको कुरा हो । महासंघमा आएपछिको विभिन्न महत्वकांक्षाले खेल्ने गर्छ । व्यापारीका लागि यो सर्वाेच्च निकाय पनि हो । त्यसकारण सानातिना विवाद आउन सक्छन् । यसपटक पनि हामीले सर्वसम्मत ढंगबाट नयाा कार्य समिति चयन होस भन्ने चाहेका थियौ तर त्यसो हुन सकेन ।
महासंघ त उच्च घरानाको हातबाट फुत्कन सकेको छैन नि ?
हिजोको दिनमा त्यही देखियो तर अब सम्भव छैन । अहिले त नयाा जोस र जाागरका साथ नयाा नयाा उद्यमीहरू आउन थालेका छन् । उनीहरूलाई पनि स्थान दिइनुपर्छ । अहिलेको उम्मेदवारी दर्ताले अब घरानीया मात्रै होइन, सबै प्रकारका व्यवसायीको प्रतिनिधित्व हुनुपर्छ भन्ने सन्देश दिएको छ ।

तर उम्मेदवारीको सुची हेर्दा समावेशी देखिादैन नि ?
केही हदसम्म समावेशी नदेखिन सक्छ । तर समयले समावेशी बनाउादै लान्छ । अर्काेकुरा दलित, जनजाति र पछाडि परेको वर्गले त्यहाा हामी पुग्ने ठाउा होइन भन्ने सोचेका छन् । त्यसलाई परिवर्तन गर्न जरूरी छ ।