चैत्र २५,एजेन्सी–युक्रेनको पूर्वी शहर डोनेस्ट्कमा रुस समर्थक प्रदर्शनकारीहरुले सरकारी भवनहरु नियन्त्रणमा लिएका छन् । उनीहरुले उक्त शहरलाई सार्वभौम जनवादी गणतन्त्र घोषणा गरेका छन् । विद्रोहीले आगामी ११ मे सम्ममा उक्त क्षेत्रमा पनि जनमत संग्रह गरी रुसमा बिलय हुने घोषणा गरेका छन् । यस अघि युक्रेनको क्रिमिया क्षेत्रले जनमत संग्रह गरी रुसमा बिलय भैसकेको छ । युक्रेनले रुसी समर्थकहरुले प्रदर्शन जारी राखेका डोनेस्टक, लुहान्स्क र खारकिभमा सुरक्षा बल पठाएको छ । यी सबै सहरहरुमा रुसी समर्थकहरुले सरकारी भवन नियन्त्रणमा लिने र रुसी भण्डा राख्ने प्रयास गरिरहेका छन् । युक्रेनका अन्तरिम राष्ट्रपति अलेक्जेण्डर तुर्चीनोभले यी ताजा घटना क्रमलाई युक्रेनलाई बिखण्डित गर्ने रुसको प्रयासको संज्ञा दिएका छन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।