अखिल क्रान्तिकारीको नयाा नेतृत्वको लागि चुनाव हुने

चैत्र २५, काठमाडौ– एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल क्रान्तिकारीको नयाा नेतृत्वका लागि अन्तत: निर्वाचन हुने भएको छ । निर्वाचनका लागि आज विहानैदेखि प्रक्रिया थाल्ने तयारी भएको छ । सोमप्रसाद सापकोटाको नेतृत्वमा निर्वाचन समिति बनाइएको । विद्यार्थी संगठनको अध्यक्षमा रमेश मल्ल र जागृत रायमाझी चुनावी प्रतिष्पर्धामा रहेका छन् । मल्ल पुष्पकमल दाहाल र रायमाझी नेता नारायणकाजी श्रेष्ठ निकटका मानिन्छन् । यसअघि अध्यक्षका प्रत्यासी विन्दमान विष्टले मल्ललाई र निवर्तमान अध्यक्ष हिमाल शर्माले रायमाझीका पक्षमा समर्थन जनाइसकेका छन् ।