सरकारमा सहभागितासंगै राप्रपामा विवाद

चैत्र २५, काठमाडौ– प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रीमण्डलमा सहभागि भएसागै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद वढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले पार्टीमा छलफल नै नगरी छोरा सुनील बहादुर थापालाई मन्त्री बनाएको भन्दै पाार्टीमा असन्तुष्टी बढेको हो ।
हिजो प्रधानमन्त्री कोइरालाले सुनील थापालाई वाणिज्य तथा आपुर्ति र गिरिबहादुर केसीलाई राज्यमन्त्रीमा सपथ ग्रहण गराउनुभएको थियो । थापाको निर्णयमा वरिष्ठ नेता पशुपति शम्शेर जवरा, विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी लगायतले विरोध गरेका छन् । पार्टीका १३ सभासदमध्ये ११ जना विपक्षमा देखिएका छन् । राजनीति पृष्ठभुमि नभएका व्यक्तिलाई एकवर्षमा सांसद्देखि मन्त्रीसम्म बनाएको भन्दै पार्टीमा असन्तुष्टि बढेको हो ।