रामनवमी पर्व मनाईदै

चैत्र २५, काठमाडौ– आज रामनवमी पर्व । हिन्दुहरुले श्रद्धा र भक्तिपूर्वक रामको पूजापाठ गरी पर्व मनाईदै छ । रामको जन्म भएको दिनको सम्झनामा हरेक बर्षको चैत शुक्लनवमीमा यो पर्व मनाउने परम्परा छ ।
अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा आज पूजापाठ गरिादै छ । त्यस्तै देशभरका बिभिन्न पवित्र नदि, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गरिएकोछ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । राम नवमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने धार्मिक विश्वास छ ।