मन्त्रिमण्डल विस्तार

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तार गरेका छन । बिस्तारित मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री राप्रपाका सुनील थापा र राज्यमन्त्री गिरीबहादुर केसी, महिला बालबालिका तथा समाजकल्याण मन्त्रीमा नेकपा मालेकी निलम केसी नियुक्त भएका छन ।
उपराष्टपति, सभामुख, मन्त्रीहरु, विभिन्न दलका नेताको उपस्थितिमा शितल निवासमा भएको समारोहमा प्रधानमन्त्रीले थापा र केसीलाई पद तथा गोपनियताको सफथ खुवाएका हुन ।