मञ्चमा प्लसटुका कुरा

चैत्र २३, काठमाडौं–किशोरावस्थामा गरिने रोचक र रमाइला दृश्य समेटेर यतिबेला मण्डला थिएटरले ‘प्लसटु स्कुल अफ लाइफ’ नाटक मञ्चन गरेको छ । अनामनगरस्थित मण्डलामा शुक्रबार देखि सुरु भएको नाटक तीन दिनका लागि मात्रै मञ्चन हुनेछ । तीन महिनादेखि रंगमञ्च कलाको आधारभुत प्रशिक्षण लिएका किशोर किशोरीले यो नाटक आफ्नै भोगाई र अनुभुतिका आधारमा तयार पारेका हुन् ।

नाटक नेदरल्यान्डकी स्टेला भान लिसाउटले लेखेकी हुन् । स्टेला र राजन खतिवडाले नाटक निर्देशन गरेका छन् । नाटकको सुरुको दृश्यले प्लसटुका लागि विद्यार्थी खिचातानि गर्ने परिवशेलाई विशेष केन्द्रित गरेको छ । धेरै अंक लिएको विद्यार्थीलाई जर्वजस्ती यहा राम्रो छ, यो कलेज उत्कृष्ट छ भन्दै आवश्यक भन्दा बढि विज्ञापन दिएर दोधारमा पार्ने प्रवृत्तिप्रति नाटकले व्यंग्य गरेको पाइन्छ । त्यस्तै, भनाई भइसकेपछिको शिक्षा प्रणालीमाथि व्यंग्य गरिएकोछ । व्यवहारीक शिक्षा भन्दा पनि सिद्धान्त र घोकन्ते विद्यामा जोड दिने शिक्षण प्रणालीप्रति युवाहरुको वितृष्णा नाटकमा देखाउने प्रयास गरिएकोछ ।

युवाहरु आफनो रहर र उदेश्य आफै रोज्न चाहन्छन् । तर, अभिभावक, शिक्षक र समाजले उनीहरुको इच्छामाथि जर्बजस्ती प्रतिबन्ध लगाउने परिपाटीलाई नाटकले राचेक ढंगमा चिर्ने कोशिस गरेको छ । डाक्टर, इन्जिनियर, पाइलट जस्ता विषय अरु विषयमा पनि भविष्य रोज्न सकिन्छ । जस्तै, आर्ट, अभिनय, कला, रंगमञ्च आदि । नाटकमा एक हुल युवा घोकन्ते विद्याको अलावा आफ्नै समुह बनाएर केहि गर्ने अठोट लिएका हुन्छन् । त्यसै ‘स्कुल अफ लाइफ’ नामको समुह पनि बनाएका हुन्छन् । घरमा, समाजमा र कलेजमा थाहा हुन्छ भनेर उनीहरु मध्यरातमा भेटघाट गरि आ(आफ्ना भावना साटासाट गरिरहेका हुन्छन् । नाटकको यो दृश्यले हाम्रो समाजमा अझै पनि युवाको चाहना बुझेर उनीहरुको इच्छा अनुरुपका शिक्षा दिन नसकेको अनुभुति हुन्छ । केहि गर्ने लक्ष्या बोकेको त्यो समहुले समाजको प्रतिकुल वातावरणसंग भिज्न नसकि यत्तिकै तुहिएर जान्छ । यि युवाहरुको सपना सपनामा मात्रै सिमीत हुन पुग्छ ।

अन्वेश थुलुङ, जलन लामिछाने, अनिल नेपाल, शक्ति राई, संयोग गुरागाई, जोनेन क्षेत्री, रेनु योगी, विनीता गुरुङ, रञ्जना ओली, आर्यन गुरुङ, विशाल सिवाकोटी, सिर्जना वान्तवा राई र आकृति अधिकारीले नाटकमा अभिनय गरेका छन् । नाटकको अधिकांश भाग म्युजिक र डान्सबाट प्रस्तुत गर्न खोजिएको हुूदा रोचक र रमाइलो अनुभुति गराएकोछ ।