संविधानसागै देशमा विकासको मूल फुट्छ–प्रधानमन्त्री

चैत २१, काठमाण्डौ –प्रधानमन्त्री सुशील कोइरालाले देशमा नयाा संविधान घोषणासागै विकासको मूल फुट्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको सोह्रौं साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र देशले नयाा संविधान पाउनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुादा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेकाले जतिसक्दो छिटो स्थानीय निर्वाचन गराउन सरकार तत्पर रहेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री कोइरालाले देश र जनताको हितको लागि काम गर्नु नै सरकारको एक मात्र उद्देश्य रहेको बताउादै यसतर्फ सहयोग गर्न वुद्विजीवीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कााग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थाको कठिन यात्रा पार गर्न कााग्रेस सक्षम रहेको बताउादै प्रजातान्त्रिक शक्तिहरुबीचको एकता नै अहिलेको खााचो रहेको उल्ल्ेख गर्नुभयो । विगतमा पनि कााग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेको प्रसङ्ग उल्लेख गर्दै सिटौलाले यसपटक पनि आफ्नो पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । कााग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले बहुुलबादमा आधारित समाजवाद कााग्रेसको मूल कार्यसूची रहेको बताउनुभयो । सोही अवसरमा लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील विभिन्न वुद्विजीवीहरुलाई सम्मान गरिएको थियो ।