चैत्र २१, काठमाण्डौ–कृषि सामग्री कम्पनी लिमिटेडले आवश्यक मात्रामा रासायनिक मलको मौज्दात रहेकाले खेतीको मौसममा मलको अभाव नहुने बताएको छ । गत वर्षको मौज्दातको अलावा चालु आवमा मात्र कम्पनीले युरिया, डिएपी र पोटास गरी एक लाख ५५ हजार मेट्रिक टन मल खरिद गरी अधिकांश बिक्रीसमेत गरिसकेको कम्पनीका प्रबन्धक नारायण मरासिनीले बताउनुभयो । ग्लोबल टेन्डरअन्तर्गतको ३५ हजार मेट्रिक टन युरिया शनिबारमात्रै कलकत्ता बन्दरगाहमा आइपुग्ने र १०/१२ दिनमा नेपाल आइपुग्ने बताउादै प्रबन्धक मरासिनीले भन्नुभयो,–“यसबाहेक थप ३५ हजार मेट्रिक टन युरिया खरिदका लागि ग्लोबल टेन्डर भइसकेको छ ।” मलको आपूर्तिका लागि चालु आवमा सरकारले अनुदानस्वरुप छुट्याएको रु पााच अर्ब ६३ करोडमध्ये हालसम्म रु तीन अर्ब १९ करोड कम्पनीले प्राप्त गरिसकेकाले मल खरिद गर्नका लागि समेत आर्थिक कठिनाइ नभएको कम्पनीले जनाएको छ । चालु आवदेखि कम्पनीबाहेक साल्ट ट्रेडिङले पनि ८५ हजार मेट्रिक टन मल आपूर्तिको स्वीकृति पाएकाले आउादा दिनमा कृषकलाई मलको अभाव नहुने बताइएको छ । देशभरि कृषकका लागि करिब चार लाख मेट्रिक टन मलको आवश्यकता हुने भए पनि खुला सिमानाबाट लुकीचोरी ४० प्रतिशत मल आयात हुने गरेको कम्पनीको जिकिर छ ।
अन्तरबार्ता
‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ ।
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ