चैत्र २१, सुनसरी–प्राचीन हरिद्वार सुनसरी बराह क्षेत्रको चतराधाममा हिन्दू धार्मिक परम्पराअनुसार लागिरहेको दोस्रो पूर्ण कुम्भ महोत्सवका क्रममा आज पहिलो शाही कुम्भ महास्नान (चैत्र शुक्ल पञ्चमी) सम्पन्न भएको छ । नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, आयुर्वेदाचार्य डा कृष्णदासजी महाराज, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा सभासद् रामकुमार सुब्बा एवम साधु सन्त योगी तपस्वीलगायतले संयुक्त स्नान गरी सोको शुभारम्भ गर्नु भएको थियो । सुनसरी जिल्लाको बराहक्षेत्रस्थित कोसी तथा कोका नदीको सङ्गमस्थलमा वैद्धिक परम्पराअनुसार पूजापाठसहित धार्मिक मन्त्रोच्चारण एवम् पूजन गरेर दोस्रो कुम्भ महास्नानलाई वैदिकता प्रदान गरिएको थियो । त्यसअघि कुम्भस्थलमा राप्रपा नेपालका अध्यक्ष थापाले नेपाल सनातन धार्मिक संस्कार भएको मानिसको बसोवास गरहेको तीर्थ भूमि रहेकाले यहाा हिन्दू, बुद्ध तथा अन्य धर्म मान्ने कसैले कसैको आस्था र धर्ममाथि प्रहार नगरेको बताउनुभयो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।