नुवाकोटमा आलुको उत्पादन बढ्यो

चैत २१, नुवाकोट– नुवाकोटमा आलुको उत्पादन यो वर्ष अनुमान गरे भन्दा बढी फलेको छ । गत वर्षको तुलनामा किसानहरु व्यावसायिक रुपमा आलु खेतीतर्फ आकषिर्त भएकाले आलु उत्पादन १८ हजार मेट्िरकटनले बृद्धि भएको कृषि बिकास कार्यालय नुवाकोटले जनाएको छ । गत वर्ष ४५ हजार मेट्रिक टन आलु उत्पादन भएकोमा यो वर्ष ६३ हजार मेट्रिक टन आलु अत्पादन भएको छ । मौसमको राम्रो साथ, समयमा नै रासायनिक मल, किटनासक औषधिको सहज उपलब्धताले आलु उत्पादनमा बृद्धि भएको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा आलु उत्पादनको लागि चौघडा, खानीगाउ, बेलकोट, गणेस्थान, नर्जामण्डप, खरानीटारलाई पकेट क्षेत्र मानिन्छ ।