चैत २१, काठमाण्डौ–नेपाल मजदुर किसान पार्टीको छैटौं महाधिवेशन आजदेखि राजधानीमा शुरु हुदैछ । ‘समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र’ भन्ने नाराका साथ सुरुहुने महाधिवेशनको उदघाटन खुलामञ्चमा गरिने नेमकिपाले जनाएको छ । खुलामञ्चमा दिउासो उद्घाटन हुने महाधिवेशनका लागि बिहान ९ बजे भक्तपुरबाट ऱ्याली सुरु हुनेछ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे सहितको नेतृत्वमा सुरु हुने ऱ्याली खुलामञ्चसम्म पैदल नै आउनेछ । ऱ्यालीमा बिभिन्न झााकी, बिभिन्न समुदायका बाजागाजा सहित ३५ हजार भन्दा बढी नागरिकको सहभागिता रहने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिनुभयो । ऱ्यालीमा बिचिबिचमा साास्कृतिक प्रर्दशन समेत गरिने छ भने ऱ्याली मै खानेपानीको व्यबस्था देखि स्वाथ्यकर्मी सहितको प्राथमिक उपचार सेवासम्मको व्यबस्था गरिएको छ । माक्र्सवाद—लेलिनवाद र माओ त्सेतुङ्गको विचारधारालाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्दै नेमकिपाको छैटौ महाधिवेशन सम्पन्न गर्ने बताईएको छ । महाधिवेशनले पार्टीको नयाा नेतृत्व चयन गर्नुका साथै पार्टीको विद्यान समेत संशोधन गर्ने छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।