संविधान लेखन कार्यतालिका बनाउन कार्यव्यबस्था परामर्श समिति बैठक

चैत २१, काठमाण्डौ – आगमी माघ भित्र नयाा संविधान जारी गर्ने महत्वकााक्षी योजना समेटिएको संविधान निर्माण कार्यतालिका आज संविधानसभाबाट अनुमोदन हुादैछ । संविधानसभाको बैठक बिहान ११ बजेका लागी बोलाईएको छ । कार्यतालिका संविधानसभा सचिवालयले तयार पारेको हो । त्यसअघि संविधानसभा कार्यव्यबस्था परामर्श समितिले संविधान लेखनको कार्यतालीकामा छलफल गर्दै अनुमोदनकालागि संविधानसभा बैठकमा पेश गर्दैछ । कार्यव्यवस्था परामर्श समतिको बैठक विहान १० बजे पछि बस्ने छ । कार्यतालिकामा आगामी वर्षको माघ ८ गते नयाा संविधानजारि गर्ने उल्लेख छ । जस अनुसार कात्र्तिक मसान्तभित्र संविधानको पहिलो मस्यौदा बन्ने छ । कार्यतालीका अनुसार काम भए मंसिर पहिलो सातामै जनताले संविधानको मस्यौदा हातमा पाउनेछन् । कार्यतालिकामा बैशाख १५ भित्र संविधासभाका विभिन्न समितिका सभापतिको निर्वाचन, क्षेत्राधिकार टुंगो लगाई समितिहरुलेकाम शुरु गर्ने, जेठ भित्र पुराना दस्ताबेजको अध्यन गरी संविधानसभामा पेश गर्ने , सहमति भएका विषयमा मस्यौदा सिमितिमा पठाउने र असिहमति भमएका विषय राजनीतिक संवाद समितिमा पठाउने, भदौ भित्र संवाद समितिले सविधानसभा भित्र र बाहिर रहेका दलहरुसंग छलफलल गरी विवादित विषयमा सहमति कायम गर्ने उल्लेख छ ।
यसैगरि असोज भित्र संवाद समितिमा सहमति हुन नसकेका विषयलाई फेर सिंविधासभामा पेश गर्ने र कार्तिक भित्र पहिलो मस्यौदा तयारपार्ने प्रस्ताब गरिएको छ । विघठित संविधानसभामा सचिवालयले तयार पारेको कार्यतालीका दर्जनभन्दा बढी पटक संसोधन गरिएको थियो । संविधान जारी गर्न बनाइएको कार्यतालिका संसोधन गर्न सकिने प्रावधान समेत राखिनुले विगतमा जस्तै तोकिएको समयमा काम नहुने आशंका बढाएको छ ।