खेलकुदको विश्व विद्यालय बन्छ : मन्त्री पौडेल

puruswtamयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल आएपछि खेलकुद क्षेत्रमा नयाा विकास भएको छ । भलै यसअघि र उनी आएपछि खासै अन्तर नदेखिए पनि नेपालले क्रिकेट खेलमा नयाा फड्को मारेको छ । मन्त्री पौडेल नेकपा एमालेको खेलकुदसम्बन्धी जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको नेतृत्व सम्हालेको पााच वर्ष भइसकेको छ । यस कारण उनी नेपाली इतिहासमै पहिलोपटक खेलकुद बुझेर र दृष्टिकोण तयार गरेर मन्त्री हुने मध्येमा पर्छन् । प्रस्तुत छ, मन्त्री पौडेलसाग गोपाल बराइलीले गरेको कुराकानीको सार संक्षेप :
खेलकुदमा तपाईं र तपाईंको पार्टीको मूल नीति के हो ?
हाम्रो पहिलो सोच भनेको खेलकुद नीतिलाई लोकतान्त्रीकरण गर्ने हो । यसलाई खेलाडीमुखी बनाउने हो । विभिन्न खेललाई र सम्बन्धित खेलका खेलाडीको अभिभावकत्व ग्रहण गर्ने कुरामा हामी अग्रसर छाौ । यसो भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन हामी सफल हुनेछौा । यसका लागि सरकारी नीति तथा कानुनमा प्रस्टता आवश्यक छ । पूर्वाधार विकास र खेलकर्मीको संरक्षणमा हामी प्रतिबद्ध छौा ।
एमालेको घोषणापत्रमा विगतदेखि नै व्यावसायिकता र खेलकुद प्रतिष्ठानको कुरा उठाइएको थियो । घोषणपत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई लागू गर्नुहुन्छ त ?
हामीले खेलकुदसम्बन्धी कलालाई प्राज्ञिक मान्यता अघि सार्ने छौा । खेलकुद र शिक्षा भिन्न होइन । खेलकुद शिक्षालाई व्यवस्थित गर्ने नीति बनाउने योजनामा छौा । खेलकर्मीको कला र क्षमतालाई पूर्णरूपमा अघि बढाउन खेलकुद विश्व विद्यालयको अवधारणा अघि सारेका छाौ । खेलकुद प्रशिक्षण केन्द्र बनाउने योजना छ । खेल खेलौा भन्ने वातावरण बनाउन मन्त्रालय अग्रसर छ । यसका लागि राज्यका तर्फबाट परिपक्व नीति आउने नै छ ।
अहिले केही व्यावसायीकरण भएको छ । तर यो पर्याप्त होइन । प्राज्ञिकस्वरूप र प्रतिष्ठानको निर्माणपछि व्यवसायीकरण अझ अघि बढ्नुपर्छ भन्ने हो । कर्ण लिम्बु, सन्तोष साहुखल, पारस खड्का जस्ता थुप्रै खेलाडी नेपालले पाएको छ । यो सब हुनुमा हाम्रो पार्टी एमाले र यसको भ्रातृ संगठनको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको छ । हामीले २०६६ मा बास्केट बलमा २५ हजार रुपैयााको पहिलो पुरस्कार राखेका थियौा । हाम्रै पार्टीको भ्रातृ संस्थाहरूले लिगमा भन्दा बढी पुरस्कार फुटबलमा राख्यो । त्यसपछि एन्फाले पनि पुरस्कार राशी बढाउादै ७५ लाख रुपैयाा राखेको छ । यसकारण पनि नेपाली खेलकुदलाई व्यावसायीकरण गर्न एमालेको ठूलो योगदान छ । त्यसका लागि यसका हरेक जनवर्गीय संगठनले पुर्‍याएको योगदानलाई भुल्नुहुादैन । हामी यसलाई अझ व्यवस्थित गर्ने योजनाका साथ अघि आउने छौा । हाम्रो नीति हरेक खेलाडीले खेलेर जीवन यापन गर्न सकोस् भन्ने हो । त्यसका लागि मन्त्रालय सचेत छ ।
के गर्ने हो भने खेलकुदको विकास गर्न सम्भव होला ?
खेलकुदको विकासमा लागि खेलकुदमा एउटा संस्कृतिको विकास गर्नुपर्छ । हाम्रो आदर्श र खेलको आदर्श पनि मिल्छ । मिहेनत गर्नुपर्छ र योग्य रहनुपर्छ । अनुशासित हुनुपर्छ । यसो गर्दा श्रेष्ठ व्यक्ति समाजमा पैदा हुन्छ । समाजमा श्रेष्ठ र अनुशासित व्यक्ति पैदा गर्न हामी तत्पर छौा ।
तर राज्यले त खेलकुद क्षेत्रको विकासका लागि खासै लगानी गरेको पाइादैन नि ?
पहिला त्यस्तो थियो तर अब राज्यले खेलकुदको विकासका लागि लगानी नगरी सुखै छैन । किनभने आजका युवा पिाढी खेलप्रति धेरै रुचिकर छन् । त्यसका अलवा पछिल्लो चरणमा नेपालले खेलकुदको माध्यमबाट देशलाई चिनाउने काम गर्न थालेका छन् । त्यही भएर पनि अब राज्यले खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्छ । खेलाडीहरूको मनोबल उच्च राख्न पनि र उनीहरूको जीवनमा सुधार ल्याउन पनि विभिन्न योजनाहरू अघि सार्छ ।
कुरा त सबैले यसै भन्छन् तर काम गर्दैनन् भन्ने गरिन्छ नि ?
होला विगतमा त्यस्ता भए तर अब त्यस्तो हुादैन । म आफौ खेलकुद क्षेत्रको विकासमा लामो समयदेखि क्रियाशील छु । मैले कसरी खेलकुद क्षेत्रको विकास गर्न सकिन्छ भनेर हरहमेसा सोचिरहेको छु । त्यसकारण आगामी दिनमा खेलकुद क्षेत्रको विकासमा पक्कै पनि नयाा नीति ल्याउने छौा र खेलकुद क्षेत्रले नयाा फड्को मार्ने नै छ ।
विपन्न वर्गका खेलाडीहरू जो दूरदराजमा छन् । उनीहरूको विकासका लागि के नीति बनाउादै हुनुहुन्छ त ?
राज्यले खेलकुदलाई अघि बढाउन प्रतिभाको खोजी गर्ने छ । ती प्रतिभा जुनसुकै आर्थिक अवस्थाका भए पनि प्रोत्साहित गर्ने काम राज्यको हो । यसका लागि प्रशिक्षण केन्द्रको निर्माण भएपछि हरेकले आफूलाई निखार्ने अवसर पाउने छन् । उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता पाउनेलाई हामी पुरस्कृत गरेर विपन्न वर्गलाई खेलकुदमा आकर्षित गर्ने छौा । त्यसका लागि राज्य तयार छ ।
एमालेको घोषणापत्रमै साहसिक तथा पर्यटकीय खेलको विकास गर्ने भनिएको छ । सम्भव छ यसको विकास गर्न ?
साहसिक र पर्यटकीय खेलमार्फत देशको आर्थिक विकास सम्भव छ भनेर नै हामीले घोषणापत्रमा यसलाई समावेश गरेका हौा । हामी यससाग सम्बन्धित विज्ञहरूसाग सल्लाह गरिरहेका छौा । हामीले बनाउने नीतिले देशको आर्थिक विकासमा सहयोग पुर्‍याओस् भन्ने चाहन्छौा । हामी चााडै नै पर्यटकीय खेलको नीति बनाउादै छौा । जुन नीतिले देशको आर्थिक विकासमा ठूलो फड्को मार्ने छ । यसमा विज्ञहरूकै साथ महत्वपूर्ण छ ।
नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय महासंघ र राज्यको हस्तक्षेपका बारे धेरै विवाद भए । के अब यी सबै साम्य हुन्छन् त ?
खेलकुद मात्र होइन, अन्तर्राष्ट्रिय महासंघको मापदण्ड नबुझेका कारण यो समस्या आएको हो । अन्तर्राष्ट्रिय महासंघमा आबद्ध हुन त्यसको मान्यातालाई मान्नैपर्छ । त्यसका अन्तर्राष्ट्रिय चार्टरलाई स्वीकार गर्नैपर्छ । खेलकुद मात्र होइन, रेडक्रस र परिवार नियोजन संघ जस्ता संस्थामा पनि यो लागू हुन्छ ।
बारम्बार किन खेलकुद क्षेत्रमा मात्रै विवादहरू देखा पर्छन् ?
त्यसकारण पनि हामी खेलकुद क्षेत्रमा जे जस्ता समस्याहरू देखापरेका छन्, त्यसलाई निराकरण गर्न प्रयास गर्दैछौा । मलाई लाग्छ अब खेलकुद क्षेत्रमा त्यस्तो कुनै विवाद वा समस्या देखापर्ने छैन । यदि देखा परिहालेछ भने त्यसलाई राजनीतिक तवरले पनि समाधान गर्न हामी सक्षम छौा । अर्काे के बुझ्नु जरुरी छ भने ओलम्पिक कमिटी आइओसीको चार्टरले चल्छ । फुटबल संघ फिफाकै बाटोमा चल्ने हो । अन्य निकायमा पनि यो लागू हुन्छ । भारतजस्तो देशले पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसाग जुध्न सकेन । हामीले त झन् सम्भव नै छैन । यसकारण कुनै खेलमा यस्तो विवाद रहेमा हामी आफू बसेर समाधान खोज्नै पर्छ । महासंघको निर्देशन विपरीत जोरी खोज्नुको अर्थ छैन ।