१४ दिनमै ‘चाल’को छायांकन

चैत्र १६,काठमाडौं– नेपाली चलचित्रहरू प्राय: राजधानीमै मुहूर्त गरिन्छन् र प्रचार पनि त्यही अनुसार गरिन्छ तर छुट्टै कथा र छुट्टै प्रस्तुति रहेको नेपाली कथानक चलचित्र चालको शुभ मुहूर्त र ९० प्रतिशत छायांकन राजधानीबाहिर नै गरियो, तैपनि चुपचाप नै छायांकन गरियो ।
नेपाली कथानक चलचित्र चाल सुर शृंगार फिल्मस् प्रालिको ब्यानरमा बनाएको छ । चालका निर्देशक रुपेश उप्रेतीले दोलखाका शैलुङ्गेश्वरीको भौसे, पवटी, तामाकोसी, चरिकोट खरिढुंगालगायतका स्थानमा छायांकन गरिएको बताए । उनले चलचित्र सामाजिक परिवेशमा आधारित रहेको बताए । आगामी जेठको पहिलो साता प्रदर्शनमा ल्याउने गरी छायांकनमा व्यस्त भएको छायांकनको टोली १४ दिनमै ९० प्रतिशत छायांकन सकेर चलचित्रको टोली राजधानी फर्कियो । सो चलचित्र माघ १४ मा दोलखाका शैलुङ्गेश्वरको भौसेमा मुहूर्त गरिएको थियो । १० प्रतिशत छायांकन भने काठमाडौंमै हुने बताइएको छ ।
राजु केसीको प्रस्तुति रहेका चालमा विशाल विष्ट, दिपासा बिसी, श्रीदेव भट्टराई, विक्रम थापा, प्रह्लाद खरेल, गोपाल बराइली, मुना बास्तोला, सुष्मा नेपाली, सरिना बयलकोटी, मुकेश अधिकारी तथा बैदार लामा, बालकृष्ण थपलियालगायतका स्थानीय कलाकारको समेत अभिनय रहेको चलचित्र चालमा समिर थापा र दिवस बराइली बाल कलाकारको भूमिकामा देखापरेका छन् । सो चलचित्र चालमा राज सरगमको कथा, पटकथा, संवाद तथा गीत, कुमार महर्जनको द्वन्द्व र रामसिंह नेपालीको संगीत रहेको छ ।
नायक विशाल विष्टले फरक कथा र फरक प्रस्तुति रहेकाले फिल्म सशक्त बनेको बताए । उनले गाउाको शमशेर राजाको भूमिका निर्वाह गरेका छन् । नायिका दिपासा बिसीले आफूले चालमा बदलाको भावना लिन अनेक भूमिकामा देखापरेको बताइन् । उनले सो चलचित्रमा रुपाको भूमिका निर्वाह गरेकी छन् । xall