संरक्षणको पर्खाइ

DSC08988 दोलखा–दोलखा जिल्लाको एउटा सुन्दर ठाउा शैलुङ्गेश्वर । पर्यटकीय स्थल । रमणीय हरियाली डाडाकााडा । लमतन्न परेको भौसे डााडा । त्यसैको फेदमा छ फलामपोखरी मन्दिर । जसको संरक्षण हुन सकिरहेको छैन । तर अहिले भने संरक्षणको पहल हुन थालेको छ ।
परापूर्व कालमा १०८ धार्नीको लोह फुटाई शैलुङ्गेश्वर–५, फलामफोखरीमा फलामपोखरी मनमाईको उत्पत्ति भएको पाइन्छ । सो मन्दिरमा पहिले एक हल गोरुलाई पानी खुवाउन लाग्दा हलिसहित डुबेर भैरवबेशीमा भगवान्को रूपमा उत्पत्ति भएको किंवदन्ती छ । यहाा शुद्ध आत्माले पूजा गरे मनले चिताएको पूरा हुने जनविश्वास छ ।
यस्तो पवित्र स्थलको संरक्षण गर्न बल्ल स्थानीय बासिन्दा लागेका छन् । समाज जुटे आखिर के असम्भव छ र ? मन्दिर संरक्षण गर्नैका लागि फागुन ८ देखि १६ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइयो । महायज्ञबाट ६ लाख १० हजार नगद संकलन पनि गरियो । त्यही भएर आज मन्दिरको पुन:संरचना गर्न थालिएको छ । मन्दिर संरक्षण समितिका कोषाध्यक्ष बालकृष्ण थपलीया भन्छन्, ‘गाउाबासी जुटेपछि आर्थिक संकलन पनि भयो र मन्दिर संरक्षण पनि प्रारम्भ भएको छ ।’ अहिले फलामपोखरीको सरसफाइ र मन्दिर पुन:संरचना गर्न स्थानीय बासिन्दा कम्मर कसेर लागेका छन् । शब्द/तस्बिर : गोपाल बराइली