आज सुरक्षा विशेष समिति बैठक वस्दै

चैत्र १२, काठमाडौ–व्यवस्थापिका संसदको सुरक्षा विशेष समितिको बैठक आज बस्ने भएको छ ।
सेना समायोजनका विषयमा भएको निर्णयको अनुमोदनका लागि आज समितिको बैठक दिउसो ३ वजे संसद सचिवालय सिंहदरवारमा बोलाइएको हो ।
एकमहिना अघि व्यवस्थापिका संसद्ले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री र राज्य व्यवस्था समितिका सभापति गरी सात जना पदेन सदस्य रहने व्यवस्था छ । संसद नियमावली बमोजिम सभामुख समितिको पदेन सभापति र उप सभामुख पदेन उपसभापति हुने व्यवस्था छ ।
समितिले संविधानमा उल्लेख भए अनुसार प्राकृतिक विपद परेको बेला बाहेक सेना परिचालनसम्बन्धी मन्त्रिपरिषद्को निर्णय अनुमोदनको छलफल गरी निर्णय गर्ने नियमावलीमा व्यवस्था छ ।