तीन दलको बैठक निष्कषविहिन

चैत्र १२, काठमाडौ–प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बिना निष्कर्ष टुंगिएको छ । उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा कुरा नमिले पछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बिना निर्णय टुंगिएको हो ।
उच्चस्तरीय राजनीतिक समितिको कार्य क्षेत्र र संविधानसभामा मनोनित गर्ने २६ जनाको विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको नेताहरुले वताएका छन् । एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले संविधानसभा तथा संसदीय समिति, उच्चस्तरीय राजनीतिक समितिको स्वरुप र नेतृत्व, चुनावी धााधली छानबिनका लागि समिति गठन, सत्य निरुपण तथा वेपत्ता खोजविन आयोग गठन, संवैधानिक नियुक्तिका विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको बताउनुभयो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलि बिहान पुन: तीन दलका शीर्ष नेताहरुको बैठक बस्ने जानकारी दिनुभयो । तीन दलको वैठक फेरी भोली वस्ने वताइएको छ ।