पूर्व आइजिपी डीबी लामाको हृदयघातका कारण निधन

चैत्र १२, काठमाडौ–पूर्व प्रहरी महानिरीक्षक डिबी लामाको ८४ वर्षको उमेरमा निधन भएको छ । नुवाकोटको गेर्खुमा रहेको पुर्खयौली घरमा हृदयघातका कारण हिजो बेलुका उहााको निधन भएको हो ।
लामा २०३९ सालदेखि २०४३ सालसम्म नेपाल प्रहरीको महानिरीक्षक हुनुहुन्थ्यो । २०५६ सालको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उहाा सामान्य प्रशासन सहायकमन्त्री बन्नु भएको थियो । भूतपूर्व प्रहरी संघको अध्यक्षसमेत हुनुभएका लामा प्रहरी सेवामा प्रवेश गर्नुअघि नेपाली कांग्रेसले २००७ सालमा गरेको विऽोहमा सहभागी हुनुहुन्थ्यो । उहााका दुई पत्नी, दुई छोरा र दुई छोरी छन् । लामाको शवलाई आज बिहान काठमाडौं धापासीस्थित निवासमा ल्याइएको छ । उहााको आजै अन्त्यष्टी गरिने जनाइएको छ ।