एजेन्सी, चैत्र ११–मलेसिया सरकारले तीन हप्तादेखि बेपत्ता मलेसियन एयरलाईन्सको जहाज हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएपछि चीनले त्यसको आधिकारिकता माग गरेको छ । चीन सरकारले मलेसियन अधिकारीहरुले बेपत्ता भएको जहाजबारे पुष्टी गर्न आग्रह गरेको हो । धेरै जसो चीनियाा यात्रु सवार मेलेसियन जहाज दुर्घटनाको जिम्मेवारीसमेत मलेसियाले लिनु पर्ने चीनको जिकिर छ । विमानमा सवार यात्रुका परिवारहरुले मलेसियाले हराईरहेको विमानबारेको तथ्य लुकाएको आरोप लगाएका छन् । हिजो मलेसियाले हराईरहेको जहाज हिन्द महासागरमा बिलय भएको र अब कोहि पनि यात्रु जिवित नरहेको बताएको थियो । यात्रुका परिवारका सदस्यहरुलाई एसएमएस पठाउादै मलेसियन अधिकारीहरुले धेरै दिन देखि हराईरहेको जहाजमा यात्रुहरु कोहि पनि जिवित नरहेको दावी गरेको थियो । उसले केहि घण्टाभित्रै जहाजबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताएपनि हालसम्म कुनै आधिकारिकता बाहिर आएको छैन ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
