९ चैत्र, काठमाडौ–मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टिम आज कतारको राजधानी दोहा प्रस्थान गर्दैछ । २० खेलाडी र ६ अफिसियल सहितको टोली आज राती ९ बजे कतारको राजधानी दोहा जान लागेको हो । खेलाडी तथा अफिसियलहरुलाई आजै अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले विदाइ गर्नु भएको छ । नेपालले आगामी मंगलबार यमनसाग दोहामा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले दोस्रो मैत्रपुण खेलमा फिलिपिन्सको सामना गर्ने छ । असिमजंग कार्की र कर्णबहादुर सुब्बाले राष्ट्रिय टोलीमा पहिलोपल्ट सहभागिता जनाउदै छन् भने विजय धिमाल, रोहित चन्द र सुजल श्रेष्ठले टोलीमा पुनरागमन गरेका छन् । नेपाली टिमको प्रशिक्षक राजुकाजी शाक्य र सहायक प्रशिक्षकमा उपेन्ऽमान सिंह रहनु भएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक