लुटपाटमा संलग्न सार्वजनिक

९ चैत्र, चितवन–गत साता चितवन दारेचोक गाविस–९ स्थित फिस्लिङबाट बेहुलाबेहुलीका गरगहनासहित सामान लुटपाट गर्ने छ अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी पक्राउ पर्ने भरतपुर नगरपालिका ३ का २८ वर्षीय रुपक गिरी,वडा नं १० का २८ वर्षीय दीपकचन्द्र थापा र २२ वर्षीय जनक श्रेष्ठ, चण्डीभन्ज्याङ गाविस–८ का २० वर्षीय सङ्गम गुरुङ, शक्तिखोर गाविस–५ का २३ वर्षीय तारा भनिने वीरमानसिंह प्रजा र गोर्खा भुम्लीचोक गाविस–२ का २४ वर्षीय गोरे चेपाङलाई सार्वजनिक गरेको हो । उनीहरुलाई गत शुक्रबार भरतपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तले गत फागुन २८ गते राति पृथ्वीराजमार्गस्थित दारेचोक गाविस–९ फिस्लिङमा भरतपुर–८ गौरीगन्जबाट दुलही लिएर काठमाडौातर्फ जाादै गरेका बेहुला सूर्य विक र बेहुली आसिकी विकको गहनालगायत सामान लुटेका थिए ।