एसएलसीमा २३ परीक्षार्थी र १ निरीक्षक निष्काशित

९ चैत्र, सर्लाही –एसएलसी परीक्षा अन्तर्गत आज भएको अनिवार्य गणित विषयको परीक्षामा अर्मयादित गतिविधि गरेको भन्दै सर्लाहीमा २३ परीक्षार्थी र एक निरीक्षकलाई निष्काशित गरिएको छ । अमर्यादित गतिविधि गर्ने सासापुर मावी स्रोत केन्द्रमा १३, महेन्द्र आदर्श मावी कर्मैया स्रोत केन्द्रमा ४, जनता उमावी रामवन स्रोत केन्द्रमा ३, जनता उमावी सुकेपोखरी स्रोत केन्द्रमा २ र गौडैता उमावी स्रोत केन्द्रमा एक गरी २३ परीक्षार्थीलाई निष्काशित गरिएको हो । त्यस्तै सर्लाहीको बरहथवामा रहेको उमावी स्रोत कन्द्रमा अमर्यादित कार्य गर्ने निरीक्षक रामहुलास रायलाई पनि निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कवीराज उप्रेतीले जानकारी दिनुभयो । यस्तै, प्रवेशिका परीक्षामा मर्यादा बिपरीत काम गरेको भन्दै नवलपरासीमा एक निरीक्षक र एक विद्यार्थीलाई निष्काशन गरिएको छ । कैलालीमा पनि हाजिर नपुगेका कारण ५ सय ९२ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । चिट चोराउन नपाएको झोकमा प्रहरी कुटिए ९ चैत्र , रौतहट रौतहटमा एसएलसी परीक्षामा चिट चोराउन नपाएको झोकमा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमण गर्नेलाई दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जमुनामाई उच्चमावि परीक्षा केन्ऽ जुन खुनुवाबाट सन्तोष साह र काशी यादवलाई प्रहरीले पक्रेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले उनीहरुले चिट चोराउन नपाएपछि प्रहरी माथी आक्रमण गरेको जनाएको छ । त्यस्तै आफैंले विद्यार्थर्ीलाई चिट चोराउने चन्ऽ भवानीपुर उच्च मावि परीक्षा केन्ऽका परीक्षा निरीक्षक वीरेन्ऽ यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै आज रौतहटका विभिन्न परीक्षा केन्ऽबाट ३० जना परीक्षार्थर्ी निष्काशित भएका छन् ।