चैत ७, काठमाडौं– कृकेट जगतलाई आफ्नो छुट्टै पहिचान दिई बंगलादेशमा जारि ट्वान्टी–ट्वान्टी विश्वकप कृकेट खेलेर नेपाली कृकेट टोली आज स्वदेश फर्किदैछ । निकै उत्साहजनक प्रदर्शन गरेको नेपाली टोली दिउँसोसम्म २ बजे काठमाडौं आइपुग्ने नेपाल कृकेट संघ (क्यान)ले जनाएको छ । जारी ट्वान्टी–ट्वान्टी विश्वकप कृकेटमा नेपालले आफ्नो दुई खेल जितेको छ भने एउटामा सम्मानजनक हार बेहोरेको थियो । आफ्नो पहिलो खेलमा हंककङलाई ८० रनको फराकिलो अन्तरले हराएको नेपाली कृकेट टोलीले आफ्नो दोस्रो खेलमा हिजो अफगानिस्तानलाई ९ रनले हरायो । प्रतियोगिताको दुई खेल जितेपनि रनरेटको आधारमा नेपाल अघिल्लो चरण प्रवेशबाट चुकेको छ । पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप कृकेटमा सहभागी नेपाली टोलीले निकै उत्साहजनक खेल खेल्दै नेपालको नाम विश्वसामु चिनाएर नेपालीसामु खुसीयाली छरेको छ । गर्भिलो इतिहास रचेर स्वदेश फर्किन लागेको नेपाली टोलीलाई थुर्पै संघसंस्था,ब्यतmीहरुको पुरस्कार दिने घोषणा गरेका छन् । टोलीलाई नेपाल कृकेट संघ क्यानले राजधानीमा भव्य स्वागत गर्ने तयारी गरिरहेको । संघले आज नगर परिक्रमा सहित अन्य स्वागतका कार्यक्रमको आयोजना गर्दैछ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक