चैत ६, काठमाडौं– बंगलादेशमा जारि ट्वान्टी–२० विश्वकप कृकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । जाहुर अहमद चौधरी स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजेपछि खेल सुरु हुनेछ । एकमा जित र एकमा हार व्यहोरेको नेपाल दक्षिण एसियाली प्रतिद्धन्दी अफगानिस्तानलाई हराउने रणनितीका साथ मैदान उत्रनेछ । टोली प्रशिक्षक पुवुद्धु नशानायकले नेपाली कृकेट टोलीको लक्ष्य दोस्रो चरणमा पुग्ने भएकाले त्यसका लागि आवश्यक रणनिती तय गरेको बताए । पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलिरहेको नेपालले आफ्नो दोस्रो खेलमा आयोजक बंगलादेशसंग सम्मानजनक हार बेहोरे पनि इतिहास रच्नका लागि आजको खेल महत्वपुर्ण हुनेछ । नेपालले आफनो पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । यसैबिच, अफगानिस्तानविरुद्धको जितले नेपालको अघिल्लो चरणको सम्भावना समेत कायमै रहनेछ । नेपालले अफगानिस्तानलाई हराउने र घरेलु टोली बंगलादेशविरुद्ध फराकिलो अन्तरले पराजित हुने हो भने नेपाल दोस्रो चरणमा पुग्नेछ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
