प्रधानमन्त्रीले मूल्यबृद्धीबारे संसदमा जवाफ दिदै

चैत ५,काठमाडौं– सरकारले हालै पेट्रोलिय पर्दाथमा गरेको मूल्यबृद्धीको चौतर्फी चर्को बिरोध भएपछि त्यसबारे प्रधानमन्त्री सुशिल कोइरालाले आज संसद बैठकमा जवाफ दिदै छन् । हिजो बसेको संसद बैठकमा सभासदहरुले मुल्यबृद्धीको चर्को बिरोध गर्दै सरकारसंग मुल्यबृद्धी गर्नुको स्पष्ट कारण मागेपछि प्रधामन्त्री कोइरालाले आज त्यसको जवाफ दिन लागेका हुन । हिजोको संसद बैठकमा बिषेशगरि एकिकृत माओबादी र राप्रपाले मुल्यबृद्धीको चर्को बिरोध गर्दै बैठक स्थगित समेत गराएका थिए । स्थगित भएको बैठक आज दिउसो १ बजेका लागि बोलाईएको संसद सचिवालले जनाएको छ । आज पनि विपक्षी दलहरुले सरकारले मूल्य बद्धी फिर्ता नलिए संसद चल्न नदिने बताई रहेका छन् । स्रोतका अनुसार सरकारले गरेको मुल्यबृद्धीमा केही कटौती गर्ने जानकारी आज बस्ने संसद बैठकमा दिईनेछ ।