चैत ५,काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धीको विरोधमा उत्रेका आन्दोलनरत विधार्थीहरुले आज उपत्यका बन्दको आह्वान गरेका छन् । बन्दका कारण उपत्यकामा निर्बादरुपमा सवारी साधन चल्न नसक्दा यात्रुहरुलाई हैरानी भएको छ । बन्दको अबेज्ञा गरेको भन्दै बिधार्थीहरुले पुरानो बसपार्कमा एउटा बसमाथि आगजनी गरिदिएका छन् । काठमाडौं दोलालघाट गुड्ने बा २ ख ८७९ नम्बरको जुगल यातायातको बसमाथि बिधार्थीहरुले आज बिहान ९ बजेतिर आगजनी गरिदिएका छन् । आगजनीबाट बसको भित्रीभाग जलेको प्रहरीले बताएको छ । उपत्यका बन्द गराउने क्रममा सयौं विधार्थीलाई प्रहरीले पक्राउ गरेको । बन्द गराउने क्रममा अखिल क्रान्तीकारीका अध्यक्ष हिमाल शमा हिमाल शर्मा, उपाध्यक्ष रमेश मल्ल लगायतका नेताहरुलाई आज बिहानै प्रहरीले पक्राउ गरि रानीपोखरी प्रहरी बृत्तमा राखेको छ । त्यस्तै बल्खुबाट नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तीकारीका केन्द्रीय सदस्य सुशिल खनाल आर आर क्याम्पस इकाइ समितिका अध्यक्ष दिपेश शाही त्यस्तै नयां बानेश्वरबाट अखिल क्रान्तीकारीका केन्द्रीय सदस्यहरु धिरज खनाल सहितका १५ भन्दा बढिलाई बिधार्थी नेता हरु प्रक्राउ गरेका छन । सातबाटोबाट अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य रत्न बुढा सहित तीन जना लाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बन्दका कारण राजधानीमा छिटफुट गाडी चलिरहेका छन् । अपृय घटना नहोस भन्नका लागि राजधानीका सडक र चोक चोकमा प्रहरीको बाक्लो उपस्थिती रहेको ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।