महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा तिवारी

चैत्र ५, कञ्चनपुर– नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन तथा १६औँ वार्षिक साधारण सभा बाट पत्रकार लक्ष्मण तिवारी अध्यक्षमा सर्वसम्मतीबाट चयन भएका छन् । हिजो मंगलबार भएको जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा केशव राज जोशी, सचिव केशव साउद, सह–सचिव लक्ष्मी चौधरी र कोषाध्यक्षमा गोकुल निरौला चयन भएका छन् ।
यस्तै कार्य समितिको सदस्यहरु मोहन विष्ट, प्रेम नेपाली, उमेशराज अवस्थी, अमर चन्द, टेक कुवर, ज्ञानेन्द्र महता, रामचन्द कुस्मी, लक्ष्मण पन्त र सर्मिला जैरु रहेका छन । यस्तै गरि २५जनालाई केन्द्रीय पार्षदमा समेत चयन गरिएको छ ।