चैत ४,काठमाडौं – ट्वान्टी–ट्वान्टी विश्वकप कृकेटमा आज नेपालले आयोजक बंगलादेशको सामना गदैंछ । बंगलादेशको चटगाँउमा हुने नेपालले अहिले साँझ सवा ७ बजेपछि बंगलादेशी कृकेटरसंग मुकाबिला गर्नेछ । बंगलादेश टेस्ट मान्यता प्रास्त राष्ट्र हो । समूह ‘ए’ का सुरुवाती खेलमा सनसनी पूर्ण जीत दर्ता गराएका दुवै टोलीले आजको प्रस्तुती अझै शसतm बनाउने अनुमान खेल बिषेशज्ञहरुले गरेका छन् । प्रतियोगिता अन्तर्गत चैत २ गते भएको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै टोलीका कप्तानहरुले आजको खेल दुबैका लागि चुनौतीपूण रहेको बताएका छन् । चटगाँउमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कृकेट टोलीका कप्तान पारस खड्काले बंगलादेशसगको खेल चुनौतीपुर्ण रहने भन्दै त्यससंग डटेर सामना गर्ने बताए । टेष्ट म्याच खेलिसकेको राष्ट्रसँग कृकेट खेल्ने मौका हर कसैले सितीमिती नपाउने भएकाले यो मौका नेपालका लागि सुवर्ण अवसर र चुनौती दुबै रहेको बताए । त्यस्तै बंगलादेशी कप्तान मुसफिकर रहिमले पनि नेपाल पनि कृकेट खेलमा निकै फड्को मारिसकेकाले जित्नका लागि निकै परिश्रम चाहिने बताए । नेपाली खेलाडीको खेल क्षमता हेरिसकेकाले आफु नयाँ रणनितीका साथ मेदान उत्रने उनको भनाई थियो । नेपालले आफ्नो दोस्रो खेल आज आयोजक बंगलादेशसंग खेल्ने भएकाले नेपाली कृकेटपे्रमी र सबै नेपाली जनता जितको कामना गरिरहेका छन् । आजको खेल निकै महत्वपुर्ण रहेकाले गाँउ देखि शहर बजारसम्म सबै नेपाली कृकेटप्रेमीहरु टेलिभिजन लगाएत संचारमाध्यमहरु र समाजिक संजालमा आ आफना धारणा राखिरहेका छन् । नेपालले जित्ने दाबी पनि छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।