चैत ४, काठमाडौं – ढिला गरेर सरकारले आफ्नो साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित हर्क गुरुङ हलबाट सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम, आचारसंहिता र सरकार सञ्चालनको कार्यविधि आज दिउसो सार्वजनिक गरेको हो । सरकारका प्रवतmा डा. मिनेन्द्र रिजालले साझा न्यूनतम कार्यक्रम पढेर सार्बजनिक गरेका थिए । सूचना तथा सञ्चारमन्त्री समेत रहेका ड.रिजालले सार्बजनिक गरेको सरकारको कार्यक्रममा एक वर्ष भित्र संविधान जारी गरि स्थानीय निकायको निर्वाचन गर्नेमा जोड दिईएको छ । त्यस्तैं संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने उल्लेख छ । साझा कार्यक्रममा सरकारले कृकेट एकेडेमी र अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माणका लागि प्रकृया अगाडि बढाउने उल्लेख गरिएको छ । वृद्ध , एकलमहिला लगायतलाई सरकारबाट दिदै आएको सामाजिक सुरक्षा भत्ता थप गर्ने, बैंकबाटै भत्ता को व्यवस्था गर्ने विषयहरु पनि साmभ कार्यक्रममा समेटिएका छन् । त्यस्तै शान्ति प्रकृयाको बाँकी सबै कामलाई प्राथमिकता दिंदै संवैधानिक निकायमा रितm रहेका पदहरु तत्काल पुर्ती गरिने समेत सरकारले आफ्नो कार्यक्रममा राखेको छ । साझा कार्यक्रममा लोडसेडिङ कम गर्नेतर्फ सरकार गम्भिरता पुर्बक लागि पर्ने र साँझको समयमा घरेलु प्रयोगका लागि विधुत आपूतिको प्रयास गरिने समेटिएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।