मुल्यबृद्धीले संसदमा बबाल मच्चायो

चैत ४, काठमाडौं – कोइराला सरकारले हालैं पेट्रोलियम पदार्थमा गरेको भारि मूल्यवृद्धीले सडक तताईरहेका बेला आज संसद पनि तातेको छ । जनताको ढाड सेक्ने गरि गरिएको मुल्यबृद्धी तत्काल फिर्ता गर्नु पर्ने माग गर्दै संसदमा व्यापक विरोध भएपछि संसद बैठक नैं अबरुध भएको छ । मूल्यवृद्धी तत्काल फिर्ता नगरिए संसदलाई आफ्नो कार्य अगाडि बढाउन नदिने भन्दै प्रमुख प्रतिपक्षी एकिकृत माओवादी ,राप्रपा नेपाल लगायत अन्य दलहरुले कोइराला सरकारको चर्को बिरोध गरेपछि व्यवस्थापिका संसदको बैठक आधा घाण्टाको लागि स्थगित गरिएको हो । सत्तारुढ दलदेखि विभिन्न प्रतिपक्षि दलहरुले मूल्यवृद्धीको गर्नुको कारण सरकारले स्पष्ट पार्नु पर्ने माग गर्दै संसद बैठक चल्न नदिनेपछि पहिलो पटक संसद अवरुद्ध भएको हो ।
सभासदहरुले उठेर विरोध जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका थिए । सभामुख नेम्वाङले मूल्यवृद्धीबारे प्रष्ट पार्न सरकारलाई भनेपछि बोलेका प्रधानमन्त्री सुशील कोइरालाले त्यसबारे केही बोल्न सकेनन् । त्यस्तै मुल्यबृद्धीको बचाउ गर्दै अर्थमन्त्री रामशरण महतले मूल्यवृद्धी गर्नु सरकारको बाध्यता भएको बताएका थिए । हाल जारि गरिएको मूल्यवृद्धी कतिसम्म घटाउन सकिन्छ भन्ने बारे गृहकार्य भइरहेको समेत जानकारी दिए ।