सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुदैं

फागुन २९,काठमाडौं– सरकारको आफ्नो न्यूनतम साझा सहमतिको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित भएपछि साँझसम्म सार्वजनिक गरिने बताईएको छ । मन्त्रिपरिषद्को बैठक बिहान ९ बजेदेखि संबिधानसभा भवन नयाँवानेश्वरमा बसिरहेको छ । निती तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरि सकेपछि कति बजे सार्वजनिक गर्ने भन्ने बिषयमा छलफल भैरहेको सरकारका मुख्य सचिव लिलामणी पौड्यालले बताए । सरकारको नीति तथा कार्यक्रममा संविधान निर्माण र ६ महिनाभित्र स्थानीय निकाय निर्वाचन सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले एक वर्षभित्र संविधान निर्माण, ६ महिनामा स्थानीय निर्वाचन गर्ने प्रतिवद्धतासहित तयार साझा न्यूनतम कार्यक्रममा आचारसंहिता र सरकार सञ्चालनको कार्यविधि समावेस छ । कार्यक्रममा तीन बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने, सिन्डिकेट प्रथाको खारेजी, बन्द हड्तालको अन्त्य, भ्रष्टाचार र अनियमितताविरुद्ध कडाइसहित निकैं लोकप्रिय र महत्वाकांक्षी कार्यक्रम समेटिएका छन् । सरकारका निती तथा कार्यक्रममा राजनीतिक, सुशासन र आथिर्क गरि तिन शिर्षकमा बिषेश जोड दिईएको छ ।