फागुन २८,काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी जेठ २४ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनका लागि कार्य योजना तयार पारेको छ । जेठ अन्तिम साता हुन लागेको नवौं महाधिवेशनको लागि चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने कार्य योजना समेत बनाएको छ । आज पार्टी मूख्यालय बल्खुमा बसेको कमिटीको बैठकले महाधिवेशनको तयारीलाई तीर्ब पार्ने भन्दैं करिव अढाइ लाख पार्टी कार्यकर्ताको सदस्यता नविकरण एक महिनाभित्रै गरिसक्ने निर्णय समेत गरेको छ । महासचिव ईश्वर पोखरेल संयोजकत्वको कार्यदलले तयार पारेको कार्ययोजनालाई आज बसेको स्थायी समिति बैठकले पारित गरेको हो । बैठकले अध्यक्ष झलनाथ खनाल नेतृत्वको दस्तावेज लेखन समितिले तयार पारेको मस्यौदामाथि छलफलका लागि बैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको एमाले प्रचार प्रसार बिभाग प्रमुख प्रदिप ज्ञावालीले जानकारी दिए । उनका अनुसार बैठकबाट पारित दस्तावेजलाई वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म देशव्यापी छलफलमा पठाउने छ भने जेठ १५ गतेदेखि २० सम्म महाधिवेशनका लागि देशभरवाट प्रतिनिधि चयन गरिनेछ । महाधिवेशनमा करिव १ हजार ८ सय प्रतिनिध, पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ । चैत्र १५ गतेभित्र जिल्ला अधिवेशन गरिसक्ने पनि बैठकले निर्णय गरेको एमालेले जनाएको छ । यसैबिच,स्थायी कमिटीको बैठकले महाधिवेशनको तयारीका लागि समिति र उपसमितिका संयोजक र सदस्यहरु छानेको छ । बैठकले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा उपाध्यक्ष वामदेव गौतम सह–संयोजक र महासचिव ईश्वर पोखरेल सचिव रहने गरी ३२ सदस्यीय दस्तावेज मस्यौदा समितिको टुंगो लगाएको जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।