फागुन २८, पर्सा – महिला अधिकारबारे जति दिवस,गोष्ठी अन्र्तरकृया र भाषण गरेपनि समाजमा भैरहेका महिला हिंसाका घटना रोकिएका छैनन् । १०४ औ अन्र्तरास्ट्रिय महिला श्रमिक दिबस मनाइएको हप्ता दिन नबित्दैं महिलामाथि जघन्य अपराधका घटना घटिसकेका छन । पर्साको लखनपुर गाविसमा कथित बोक्सीको आरोपमा गएराति मात्रै एक महिलामाथि निर्धात कुटपिट गरिएको छ । लखनपुर ९ का स्थानीय योगेन्द्र साहकी ५१ वर्षीया श्रीमती छोटियादेवी सहनीलाई गाँउकैं ब्यतmीले कुटपिट गर्दा उनी सतm घाईते भएकी छन । कुटाइबाट गम्भीर घाइते भएकी सहनीको अहिले नेसनल मेडिकल कलेज पर्सामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बोक्सीको आरोप लगाई सहनीलाई कुटपिट गर्ने स्थानियहरु मिरगुल सहनी र उनका छोराहरु विनय र अजय फरार रहेकाले उनीहरुको खोजी भैरहेको प्रहरीको भनाई छ । पर्सामा करिब छ महिना अगाडि मात्रै बोक्सीको आरोपमा सुपौलीकी एक स्थानीय महिलाको हत्या भएको थियो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी