संविधानसभा नियमावली मस्यौदामा त्रुटी खोजिदैं

फागुन २८,काठमाडौं– संविधानसभा नियमावली मस्यौदामा भएका केही प्रावधिक त्रुटीलाई आज सच्याउई अन्तिमरुप दिईने भएको छ । मस्यौदा समितिले मस्यौदामा हुन सक्ने प्रावधिक त्रुटीलाई दिउसो दुई बजेसम्म सच्याई अन्तिम रुप दिने समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए । तयार भएको मस्यौदालाई भोली संविधानसभा बैठकमा अन्तिम प्रतिवेदन प्रस्तुत गर्नुपर्ने छ । मस्यौंदा निमाणर््ामा देखिएका विबादलाई सहमती गरि तयार पार्न दास्रो पटक दिईएको १० दिनको समयसिमा हिजै सकिए पनि प्रतिवदेनम केहि प्रावधिक त्रुटी हुन सक्ने भन्दै आज त्यसलाई अन्तिम रुप दिन लागिएके हो । संविधानको प्रमाणीकरण कस्ले गर्ने, संविधानसभामा ककस गठन गर्न पाउने कि नपाउने र राजनितिक दलहरुले ह्विप जारी गर्न पाउने नपाउने बिषयमा रहेको विवादका कारण दुई पटक म्याद थपेर एक महिनापछि मात्रै समितिले प्रतिवेदन तयार पार्न सकेको हो ।