दुधमा आठ रुपैया बढ्यो

फागुन २८, काठमाडौं– सरकारी स्वामित्वमा रहेको दुग्ध विकाश संस्थान डिडीसीले प्रशोधित दुधको मुल्यमा आठ रुपैंया बढाएको छ । संस्थानले गरेको निर्णय अनुसार आजैदेखि लागु हुने गरि प्रतिलिटर दुधको मुख्यमा छ देखि आठ रुपैया बढाईएको हो । यसअघि २५ रुपैयामा विक्रि हुने आधा लिटरको निलो प्याकेटको स्ट्यान्र्ड दुधलाई अब २८ रुपैया पर्ने छ भने ३० रुपैयामा विक्रि हुने गरेको हरियो रङको फुल क्रिम दुधलाई उपभोतmाले ३४ रुपैया तिर्नुपर्ने संस्थानका महाप्रबन्धक रामतपेश्वर चौधरीले जानकारी दिए । संस्थाले किसानहरुबाट ३२ देखि ३५ रुपैयामा एक लिटर दुध किन्दै आएकोमा, बढेको मुल्यबाट पनि केही प्रतिशत किसानलाई दिने महाप्रबन्धक चौधरीको भनाई छ ।