स्थानीय निकायको निर्वाचनको मिति केही दिनमैं तोकिने– मन्त्री सिंह

फागुन २७, कञ्चनपुर– उपप्रधान एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलहरुसंगको छलफलपछि स्थानीय निकायको निर्वाचनको मिति केही दिनमैं ताकिने बताएका छन् । स्थानिय निर्वाचाबारे सबै दलहरुसँग अहिले छलफल सुरु भएकाले सहमतीमा केहीदिनमै मिती ताोकिने उनको भनाई थियो । स्थानीय निकायमा जनप्रतिनिधि नहुदा जनताले राज्यवाट पाउने सेवा सुविधा छिटो र छरिटो रुपमा नपाइरहेको र स्थानिय निकायमा भ्रष्टाचार पनि मोलाएको मन्त्री सिंहले बताए । आज विहान कञ्चनपुरको महेन्द्रनगरस्थित पार्टी कार्यालयमा संचारकर्मीसंग कुराकानी गर्दै मन्त्री सिंहले कर्मचारीलाई सरकारले दिनु पर्ने सेवा सुविधामा ढिलासुस्ती नगरि छिटो छरितो रुपमा सेवा दिन निर्देशन समेत दिएका छन् । एक अर्को प्रसंगमा बोल्दै उनले केही दिनमै सरकारले पूर्णता पाउने  र अन्य दलहरु पनि छिट्टै सरकारमा सहभागी हुने दाबी समेत गरे । मन्त्री सिंहले कंचनपुरको दोधारा चादनीको स्थित एसियाकै सबैभन्दा लामो पुल दोधारा झुलुङगे पुलको पनि  निरिक्षण गरेका छन ।