‘हाम्रो बस्ने व्यवस्था मिलाईदेउ’–आरक्षपीडित

फागुन २७, कञ्चनपुर– कञ्चनपुरका आरक्षपीडितहरुले नेपाल सरकारका उप–प्रधानमन्त्री तथा स्थानिय विकास मन्त्री प्रकासमान सिहलाई घरबासको व्यवस्था गरिदिन माग गरेका छन । कञ्चनपुरको साताँैं जिल्ला परिषद्को उद्घाटनका लागि कञ्चनपुरका पुगेका उपप्रधानमन्त्री सिहलाई कंचनपुरका आरक्षपीडितहरुले घरबासको व्यवस्था मिलाईदिन माग गरेका हुन । आज आरक्षपीडितहरुको टोलीले महेन्द्रनगरमा उप्रधानमन्त्री सिहलाई भेटी यथाशिघ्र बसोबासको व्यवस्था मिलाईदिन आग्रह गरेका हुन ।
विस्थापित भएको १२ वर्ष वितिसक्दा पनि पीडितहरुको पूर्नस्थापना नहुँदा सडक नदि किनार र जंगलमा झुपडी बनाएर दिन काट्न बाध्य भएको भन्दै व्यवस्थित बसोबासको व्यवस्था मिलाईदिन पीडितहरुले माग गरेको आरक्षपीडित संघर्ष समितिका सल्लाहकार तथा पूर्व सचिव प्रेमदत्त भट्टले जानकारी दिए । ज्ञापन पत्रमा पीडितहरुको पूर्नस्थापना नहुँदा भारतमा ज्याला मजदुरी गरि दैनिक गुजारा चलाईरहेका छन । आरक्षपीडितको समस्या समाधानका लागि हालसम्म बनेका आयोगहरुले कुनै समस्या समाधान नगरेको भन्दै अब अधिकार सम्पन्न आयोग बनाउन समेत पीडितहरुले माग गरेका हुन । ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री सिहले पीडितहरुको समस्या बारे आफु साकारात्मक रहेको बताउदै सरकारका तर्फबाट हुने सक्दो प्रयास गर्ने आश्वासन दिए । यस भन्दा पहिलो कञ्चनपुरका चारै संविधान सभा सदस्य दिवान सिह विष्ट, क्षेत्र नम्बर २का सभासद तथा सिँचाईमन्त्री नारायण प्रकास साउँद, बहादुर सिह थापा, रमेश लेखक लगायतका संविधान सभा सदस्यहरुलाई पूर्नस्थापनाका लागि ज्ञापन पत्र बुझाई सकेका छन । विगत २३औँ आयोगले दुईहजार, चार सय त्रिहत्तर परिवारलाई प्रमाणित गरे पनि उनीहरुको व्यवस्थापन अझै हुन सकेको छैन । आरक्षविस्तारका क्रममा २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षले जिल्लाका रौतेलीविचवा, बेल्डाँडी, पीपलाडी, झलारी, हिरापुर बस्ती, देखतभुलीबाट स्थानियहरुलाई हटाएको थियो । जिल्लाका विभिन्न स्थानहरुमा आरक्षपीडितहरु अस्थायी शिविरमा बस्दै आएका छन् ।