फागुन २६, दार्चुला– जिल्लाका अल्लो उद्यमीहरुले अल्लो प्रसोधन केन्द्र दार्चुलामै हुनुपर्ने माग गरेका छन् । अल्लो विकास सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेका हुन् । जिल्लामा अल्लोको सम्भावना भएपनि प्रसोधन केन्द्र र संकलन केन्द्र नहुँदा संकलन कर्ता र व्यापारीले समस्या झेल्नुपरेको सरोकारवालाहरुको निष्कर्ष छ । अपि नाम्पा संरक्षण क्षेत्र अन्तरगत इसिमोडले जिल्लाको खार गाविसमा अल्लो विकास सम्बन्धी कार्य शुरु गर्न थालेपछि सरोकारवाला निकायले प्रसोधन केन्द्र हुनुपर्ने माग राखेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । जिल्लामा प्रसोधन र संकलन केन्द्र नहुँदा स्थानीयले समस्या झेलेको भन्दै तत्काल इसिमोडले सहयोग गर्नुपर्ने उनीहरुले बताएका छन् । हाल दार्चुलाबाट अल्लो रोल्पा, दाङ, काठमाण्डौ लगायतका क्षेत्रमा निकासी हुने गरेको छ । जिल्लाबाट बार्षिक १० टन अल्लो बाहिरीदैं आएको छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
