फागुन २६,काठमाडौं– तिब्बतीयन शरणरार्थीहरुले आज मुक्ति दिवस मनाईरहेका छन् । हरेक बर्ष मार्च १० तारेखका दिन तिब्बतीयन शरणरार्थीहरुले मुक्ति दिवस मनाउदैं आएका छन् । आफ्नो मुक्ति दिवस मनाउदा शरणरार्थीहरुले गर्ने चिन बिरोधी गतिविधिलाई लक्षीत गरि नेपाल सरकारले सुरक्षा ब्यवस्था कडा पारेको छ । बिषेशगरि काठमाण्डुको वौद्ध लगायत अन्य गुम्बा अगाडी ठूलो मात्रामा सुरक्षा कर्मी परिचालन गरिएको छ । आज मुक्ति दिवसका दिन उनीहरुले आत्मदाह सहितको आन्दोलन गर्न सक्ने भन्दै प्रहरीले उच्च निगानी बढाएको प्रहरीले जनाएको छ । मुतmी दिवसको अवसरमा चीन विरोधी गतिविधि हुनसक्ने भएकाले प्रहरीले गृह मन्त्रालयको आदेशमा सुरक्षा सर्तकता बढाएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । त्यस्ता कुनैपनि गतिबिधी नहुन भन्नका लागि प्रहरीले शरणरार्थी शिविरबाट बाहिर ननिस्किन र निस्किनु परे पचियपत्र बोकेर निस्किन आग्रह समेत गरिएको छ । तिब्बतीयहरुप्रति कडा निगरानी राख्दै गृहमन्त्रालयले सार्वजनीक रुपमा कुनै पनि कार्यक्रम गर्न नदिने जनाएपछि उनिहरुले आफना कार्यक्रमहरु पनि स्थगित गरेका छन् ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
