मन्त्रिपरिषद् बैठक बस्दै

फागुन २६ , काठमाडौं– २६ जनाको मनोनयन लगाएत बिभिन्न बिषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा देशको शान्ति सुरक्षाको अवस्था, मन्त्रालयगत एजेन्डामा समेत छलफल हुनेछ । मन्त्रिपरिषद विस्तार भएपछि दोस्रो पटक बस्न लागेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो म्यानमार भ्रमण र त्यहा सम्पन्न बिमस्टेक सम्मेलनका बारेमा जानकारी दिने छन् ।