सभामुख र बेलायती राजदूतवीच भेटवार्ता

फागुन २३, काठमाडौं – संविधान निर्माण र समसामयिक बिषयमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ र नेपालका लागि बेलायती राजदूत एण्ड्र जेम्स स्पार्कस वीच आज भेटवार्ता भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहान भएको भेटमा उनीहरुवीच संविधान निर्माण, नेपाल र बेलायतवीचको मैत्रीपूण सम्बन्ध, आपसी सहयोगलगायत विषयमा कुराकानी भएको संसद सचिवालयले जनाएको छ ।