महाकालीमा पुल निर्माण गर्न भारतीय सहमती चाहिने– सिचाईमन्त्रि सावद

फागुन २३, कञ्चनपुर – सिँचाइ मन्त्री एन.पी. साउदले महाकाली नदीमा वैकल्पिक पुल निर्माणका लागि भारतीय सहमती चाहिने बताएका छन् । सीमा क्षेत्र भएका कारण महाकाली नदिमा वैकल्पिक पुल निमार्णका लागि दुबै देशबीच उच्चस्तरीय सहमति भए मात्र पुल निमार्ण हुन सक्ने बताएका हुन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साउदले महाकालीमा वैकल्पिक पुल निर्माण हुन सके दुबै देशलाई सबै कुराबाट फाइदा पुग्ने बताए । महाकालीमा वैकल्पिक पुल नभएका कारण समान ओसारपसारमा समस्या भएकाले दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण हुनु अति जरुरी रहेको औंल्याए । त्यसका लागि आफूले भारतीय राजदूतलाई समेत जानकारी गराएको र यस विषयमा छलफल भइरहेको मन्त्री साउदले जानकारी दिए । यस्तै कंचनपुरको दैजीमा घोषणा गरिएको छेला औद्योगिक क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने समेत आस्वाशन दिए । मन्त्रि सावदले आजैं कंचनपुरको दोधारा र भुजेला क्षेत्रमा बाढी प्रभाबित क्षेत्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा उनले बाढीप्रभाबितहरुको समस्या समाधानका लागि आफु प्रतिबद्धता रहेको बताए ।