फागुन २२,काठमाडौं – सरकारका सचिव कृष्णहरि बास्कोटाले दलका चुनावी घोषणापत्र अनुसार महिलालाई राज्यका प्रमुख अंगहरुमा नेतृत्व गर्न दिनुपर्ने बताएका छन । सरकार संचालनदेखि देशको अर्थ ब्यवस्था र बिभिन्न विकासमुखी योजनाहरुको नेतृत्वमा महिलाहरु पुर्याउनु पर्नेमा सचिव बास्कोटाले जोड दिए । अन्र्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नर मध्ये कुनै एक निकायमा महिलालाई नेतृत्व दिनु पर्ने प्रस्ताब नैं अघि सारेका हुन । राजनितीक दलका बिभिन्न चुनावी घोषणापत्रमा उल्लेख गरिए अनुसार राज्यका प्रमुख निकायमा महिला र त्यसमा पनि पिछडिएको जाति समुदायको महिलालाई स्थान दिनुपर्ने भन्दै सचिव बास्कोटाले मुलुकको अर्थतन्त्रमा महत्वपर्ण भूमिका खेल्ने निकायमा महिलालाई नेतृत्व दिन माग समेत गरेका छन् । महिला बचत तथा ऋणसहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दैं सचिव बास्कोटाले महिला सशतmीकरणका लागि महिला स्वयम राज्यको हरेक निकायमा उपस्थिती हुनु जरुरीको रहेको औँल्याए । संसदमा ५० प्रतशत महिलाको प्रतिनिधित्व गराइनुपर्ने भएपनि त्यो हुन नसक्नु राजनितीक दलहरुको कमजोरी रहेको बताए । महिलालाई राज्यको हरेक निकाय निजामती, जंगी, प्रहरी र शिक्षण संस्थामा कम्तिमा पनि महिला सहभागिता २५ प्रतिशत हुनुपर्ने नीति नैं राज्यले अख्तियार गर्नुपर्ने बास्कोटाको भनाइ छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व