यौन दुराचारको आरोपबारे छानविन समिति गठन

फागुन २१,काठमाडौं – समाजसेवी दिलशोभा श्रेष्ठमाथि यौन दुराचारको गम्भिर आरोपबारे प्रेस काउन्सिल नेपालले छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । केही दिन अघि राष्ट्रिय पत्रिका नागरिक दैनिकले छापेको श्रेष्ठमाथिको गम्भिर यौन दुराचारको बिषयमा छानविन गर्न काउन्सिलले सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेना संयोजक रहने गरि तीन सदस्यीय छानविन समिति गठन गरेको हो । आज बसेको काउन्सिलको बैठकले दिएको जानकारी अनुसार समितीको सदस्यमा आरआर क्याम्पसका आम सञ्चार विषयका प्राध्यापक प्रवलराज पोखरेल र प्रेस इन्स्टिच्युटका अध्यक्ष शोभा गौतम रहेका छन । दिलशोभा प्रकरणबारे काउन्सिलमा कुनै उजुरी नपरे पनि घटनाबारे सत्य तथ्य बाहिर ल्याउने आफ्नो पनि जिम्मेवारि ठान्दैं अनुसन्धानका लागि छानविन समिति गठन गरिएको काउन्सिलले जनाएको छ । बैठकले दिलशोभा प्रकरणलाई चर्काउने गरी कुनै पनि समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै यसबारे समाचार दिँदा संयमता अपनाउन समेत सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ । दिलशोभा प्रकरणबारे सत्य तथ्य कुरा बाहिर नआउदा आम जनमानसमा कौतहुलता जागेको छ । कुनै सत्य तथ्य प्रमाणबिना नैं एउटा अपुष्ट फोन रेकर्डका आधारमा नागरिक दैनिकले दिलशोभामाथि यौन दुराचारको गम्भिर आरोप सहितको खबर छापिदिदा अहिले यो घटनाले निकै चर्चा पाएको छ । बिगत लामो समयदेखि दिलशोभाले बबरमहलस्थित आफ्नै निवासमा निस्वार्थ रुपले संचालन गर्दै आएको आमाघर (बृद्धाश्रम) मा रहेका बृद्धबृद्धाहरुको समेत अहिले बिचल्ली भएको छ । आफुहरुलाई घरपरिवारले वेवास्ता गरेपछि बेसाहारा बन्दै काठमाडौंका गल्ली र शहरमा भिक माग्दै गरेका ति बृद्धबृद्धा अनि सडक बालवालिकाहरुलाई दिलशोभाले आफ्नै घरमा ल्याई स्याहारसुसार गर्दै आएकी थिइन । बुढेसकालमा भगवान नैं मिलेको मान्ने ति बृद्धबृद्धाहरु दिलशोभामाथि लागेको गम्भिर आरोपको खबरले मानसिक पिडा भोगिरहेका छन् । उचित मापदण्ड नपुगाई सडक बालवालिका राखेको भन्दै आमाघरमै रहेका बालवालिकाहरुलाई सरकारले अन्यत्र सारेको थियो । बृद्धाश्रम , अनाथालय संचालनका लागि आवश्यक कानुनी प्रकृया आफुलाई थाहा नभएको स्वीकार गदैं आएकी दिलशोभाले आफुमाथि लगाईएको यौन दुराचारको गलत आरोपको खण्डन गर्दै त्यसको सप्रमाण दिन चुनौती दिएकी छिन ।