एमाले केन्द्रीय कमिटी बैठक आज पनि

फागुन २१, काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । विहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा आसन्न महाधिवेसनबारे आज पनि छलफल हुनेछ । एमाले स्थायी समितिले नवौं महाधिवेशनको मिति आउने जेठ ३ गतेका लागि प्रस्ताव गरेपनि तयारीका लागि समय नपुग्ने भन्दै केही सदस्यहरूले पर सार्नुपर्ने माग गरिरहेकाले छलफल लम्बिएको एमालेले जनाएको छ । संसदीय दलका नेता केपी ओली र बामदेव गौतम पक्षधरले जेठमै महाधिवेसन गर्नुपर्ने अडान राखिरहेका छन् भने अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तयारी नपुग्ने भन्दै महाधिवेसनलाई केही महिना पछि सार्नुपर्ने बताईरदा महाधिवेसननैं अलमलमा परेको छ । त्यसबारे बैठकमा बोल्न बाँकी सदस्यहरुले महाधिवेसनको मिति र तयारीका बारेमा आज पनि आ आफ्नो धारणा राखेपछि नेतृत्वलाई निर्णय गर्न केही सहज हुनेछ ।