संबिधान तोकिएकै समयमा जारि हुने–ज्ञावाली

फागुन २०, दाङ – नेकपा एमाले सचिब युबराज ज्ञवालीले अबको १० महिना भित्रैं जनतालाई नयाँ संबिधान दिन सकिने बताएका छन् । दलहरुबीच हालसम्म देखिएको सहमतिको बाताबरणले तोकीएको समयमा नैं संविधान जारि हुने उनले ठोकुवा समेत गरे । दाङमा आज पत्रकारहरुसंग कुराकानी गर्दै सचिव ज्ञावालीले संबिधानसभा नियमावलिको बिषयमा सहमती हुनासाथ संबिधान लेखनको कार्य तिर्बरुपमा अघि बढ्ने बताए । कांग्रेस–एमाले बीच भएको ७ बुदे सहमती अनुसारनै अहिले सबै कार्य भैरहेकाले अबको १० महिना भित्रैं नयाँ संबिधान जारि हुनका साथैं ६ महीनामा स्थानीय निकायको निर्बाचन समेत गर्न सकिने उल्लेख गरे । अधिल्लो संबिधानसभाले गरेका सहमतिलाई ग्रहण गर्दै बाँकी विवादित बिषयमा सहमति गरि अघि बड्नु पर्नेमा उनले जोड समेत दिए ।